बलेफी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, ३ जनाले ११ कित्ता सेयर पाउने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ भोलि (चैत्र २९) गते बाँडफाँड हुने भएको छ ।

मंगलबार बिहान ९ बजे क्यापिटलको नक्साल स्थित कार्यालयमा सेयर बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओको प्रि-अलटमेन्ट शुक्रबार सम्पन्न भएको छ । प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान रहेको छ ।

कम्पनीको आईपीओमा २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ताको लागि आवेदन परेको छ। जुन १४.७७ गुणाले बढी हुन आँउछ ।

कम्पनीको सेयर १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले पाउने छन् । यी मध्ये ३ जनाले भने ११ कित्ता सेयर पाउने छन् ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ ।

सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता वितरण हुनेछ ।

कम्पनीले निष्काशन गरेको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ ।

त्यस अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले मात्रै सेयर पाउनेछन् भने बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स