जीवन विकास लघुवित्तको लाभांश पारित

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ ।

कम्पनीको चैत्र २५ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको हो ।

सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि छुट्याइएको ३.६८४२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँबाट वृद्धि गरी २ अर्ब पुर्याउने, जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुर्याउने, नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैकिंङ सम्बन्धी कार्यहरु गर्न प्रस्ताव र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने अर्थात् प्राप्ती गर्ने विषयलाई अनुमोदन गर्न प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि सेयरदाखिला खारेज किताब बन्द (बुकक्लोज) चैत १२ गतेदेखि चैत २५ गतेसम्मको गरेको हुँदा चैत १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरु मात्र प्रस्तावित लाभांश पाएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स