रिभर फल्स लिमिटेडले भोलिबाट आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भोलि (चैत २७ गते) देखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले संखुवासभा जिल्लाको आयोजना प्रभावित बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

निष्कासन बन्द छिटोमा वैशाख ११ गते वा ढिलोमा वैशाख २६ गते हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिंङमा कम्पनीलाई केयर रेटिंङ नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिैङ प्रदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स