नेपाल टेलिकमको लाभांश पारित, बोनस र नगद कति ?

काठमाडौं । नेपाल टेलिकमको लाभांश पारित भएको छ ।

कम्पनीको १४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै उक्त आर्थिक वर्षमा नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।

उनका अनुसार अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व खुद नाफा ४२ अर्ब २१ करोड संकलन गरी ७ अर्ब १३ करोड नाफा कायम गर्न कम्पनी सफल भएको हो ।

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए ।

अनलाइन पेपेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स