नेप्सेको ओरालो यात्रामा ब्रेक, ३६ अंकले बढ्यो

काठमाडौं । पुँजी बजारको आरोलो यात्रामा ब्रेक लागेको छ । निरन्तर घट्दै गएको सेयर बजार आज बढेको छ । बिहीबार नेप्से ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा आईपुगेको छ । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.१३ अंकले बढेर ४६३.७३ विन्दुमा पुगेको छ ।

आज २२४ कम्पनीको सेयर ४२ हजार ५०६ पटक कारोबार भएको छ । ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १२ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा उछाल देखिँदा सबै उपसमूह बढेका छन् । जीवन बीमा उपमूह २५८.५६ अंकले बढेको छ ।

हिमालयन पावर पाटनर र नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ७.७१ अंकले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स