४६ अंकले घट्यो नेप्से, साढे २ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आरोलो यात्रा जारी रहेको छ । मंगलबार नेप्से ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा आईपुगेको छ । क वर्गका कम्पनीको सूचक जनाउने सेन्सेटिभ इन्डेक्स ८.३४ अंकले घटेर ४५८.२२ विन्दुमा आइपुगेको छ ।

आज २२८ कम्पनीको सेयर ४५ हजार ८९४ पटक करोबार भएको छ । ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

होटल एण्ड टुरिजम उपसमूह बाहेक सबैसम्म घटेर राता भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स