१६ अंकले घट्यो नेप्से, डेढ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा आईपुगेको छ । सोमबार सेन्सेटिभ इन्डेक्स २.४७ अंकले घटेर ४६६.५५ विन्दुमा आईपुगेको छ ।

आज २२६ कम्पनीको सेयर ३१ हजार ५६७ पटक कारोबार भएको छ । ३४ लाख २९ हजार ९१७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूह घटेर राता भएका छन् । नर्जीवन बीमा उपसमूह १९९.४६ अंकले घटेको छ ।

राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स