काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा करिब १९ लाखको आवेदन परेको छ ।
कम्पनीको आइपीओमा १८ लाख ७० हजार ७०९ आवेदकबाट २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिंङले जनाएको छ ।
यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको करिब १३ गुणा बढी हुन आउँछ ।
कम्पनीले निष्काशन गरेको सेयरमा भोलि चैत २१ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा चैत २१ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको थियो ।