नेप्सेमा एक फाइनान्स सहित दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेड गरि कुल १५ लाख ८२ हजार ७८६ कित्ताको बोनस सेयर सूचीकृत भएको हो ।

रिलायन्स फाइनान्सको १५ प्रतिशतले हुन आउने १३ लाख ७३ हजार ४८६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशतले हुन आउने २ लाख ९ हजार ३०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स