३० अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा ओरालो लागेको छ ।

आइतबार नेप्से ३०.८९ अंकले घटेर २५१३.४१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३२ लाख ५३ हजारको कित्ता सेयर १ अर्ब ४६ करोड ७ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूच्यूअल फण्ड बाहेक सबै समूहमा राताम्मै देखिएको छ ।

त्यसैगरि, १९ कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, इमर्जिङ नेपाल र नेष्डो समृद्व लघुवित्तको ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स