पुँजी बजार माथिल्लो विन्दुमै, सकारात्मक समाचारको प्रतिक्षामा लगानीकर्ताः इन्भेष्टर फोरमका उपाध्यक्ष तुलाधर

टेक्निकल्लली रुपमा सेयर बजारलाई हेर्दा अहिले अप ट्रेन्ड (माथिल्लो विन्दु)मै रहेको छ । सर्ट टर्ममा हेर्दा करेक्सन सकिन लागेको छ । ११ सयदेखि ३२ सयसम्मको नेप्से परिसुचकलाई वेव वानको रुपमा मानेको छु । ३२ सय पुगेको बजारमा ठूलो करेक्सन भएर २२५९ मा झर्नु भनेको वेव टु हो । वेव थ्री भित्रको वेव वान करेक्सन आएर बजार पुन २९८० सम्म फर्कियो । २९८० बाट आएको करेक्सन वेव टु हो । वेव टु सकिए पछि वेव थ्री सुरु हुन्छ । यो तीव्र गतिमा माथिल्लो विन्दुमा पुग्ने टेक्निकल्ली रुपमा देखिन्छ । फण्डामेन्टलमा वेव थ्री कहिले आउँछ भन्ने थाहा हुँदैन । टेक्निकल्ली रुपमा हेर्दा भने केही अनुमान गर्न सकिन्छ ।

३२ सय अंकसम्म पुगेको बजार घट्नुमा धेरै फन्डामेन्टल कुराहरु थिए । जस्तै लगानी योग्य पुँजीको अभाव, ब्याजदर, सरकार, धितोपत्र र राष्ट्र बैंकले पुँजी बजार प्रति हेर्ने धारणा लगायतले बजार प्रभावित भएको हो । अहिलेको अवस्था हेर्दा राज्यले नै पुँजी बजारको महत्व नबुझेको जस्तो लाग्छ । बजारमा धेरै लगानीकर्ताको सहभागिता छ र उहाँहरु आफै पनि स्मार्ट हुनु हुन्छ ।

तुलाधर

राष्ट्र बैंकले पनि पुँजी बजारलाई नियमन गर्ने कसिमका नीतिगत व्यवस्था गर्यो । सरकार पनि पुँजी बजारबाट कर मात्र असुल गर्ने तर बजारको विकास र लगानीकर्ताको सुरक्षाका लागि कुनै ठोस कदम चालेको देखिदैँन । जसले गर्दा लगानीकर्ताहरु फर्ख र हेरको अवस्थामा छन् । वेव टुको करेक्सनमा यस्तै हुन्छ । यस्तो अवस्थामा बजार खत्तम भएर वियरिस हुन्छ कि भन्ने मनोविज्ञानबाट लगानीकर्ता त्रसित भएका हुन्छन् । जसको प्रभाव स्वरुप पुँजी बजार तल्लो विन्दुमा पुग्छ । जब बजार ३२ सयमा थियो त्यो समयमा बजार ३५ सय ४ हजार पुग्छ भन्ने लगायतको सुखद खबर मात्रै सुन्ने गरिन्थ्यो । ११ सय अंको आसपासमा रहेको बजार ३२ सय अंकमा पुग्नु भनेको करिब ३ गुणाको वृद्धि हो । त्यो समय बजार खस्किन्छ भनेर कमैले सोचेका थिए । अझै बजार माथि जान्छ जस्तो लागेको थियो । सबै तिरबाट सकारात्मक संदेश प्रवाह हुँदा पनि बजार घट्न पुग्यो ।

 

सबै कुरा नकारात्मक भएको समयमा वेव टु करेक्सन भइरहेको छ । अब करेक्सन सकिने समय भयो । तर, करेक्सन केही समय लम्बिन पुग्यो । अझ केही समय लम्बिन पनि सक्छ । माथिल्लो विन्दुमा बजार हुँदा सबै तिर सकारात्मक समाचार प्रवाह हुन्छ भने तल्लो विन्दुमा आईपुग्दा नकारात्मक सन्देश मात्र प्रवाह भइरहन्छ । यस्तोमा लगानीहरु बजार खत्तम भयो र निस्किनु पर्छ भन्ने मनोविज्ञान पैदा हुन्न सक्छ । तर, आश्चर्यजनक रुपमा बजार पुन माथि जान्छ थाल्छ । २२६० बाट २९८० र २५ सयको वरिपरिलाई वेव टु मान्ने हो भने वेव थ्रीको न्युनतम विन्दु ३६ सय देखिन्छ । २५ सय आसपासको बजारलाई कसरी ३६ सय पुग्छ भनेर दावी गर्यो भनेर शंका पनि गर्ने ठाउँ प्रशस्त रहन्छ ।

अब विस्तारै वेव थ्रीलाई सहयोग गर्ने समाचारहरु पनि आउने सम्भावना उच्च छ । यसका लागि सरकारले पुँजी बजारको सम्बन्धमा केही नीतिगत व्यवस्था, राष्ट्र बैंकले पनि तरलता समाधान र ब्याजदर नियन्त्रण गर्नका लागि केही व्यवस्था गर्न सक्छन् । सरकारले करिब ४ खर्ब पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । तर, हालसम्म ५२ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च भएको छ । निर्वाचन संघारमै रहेको अवस्थामा सरकारले पुँजीगत खर्च पनि बढाउने सम्भावना पनि रहन्छ । यस्तो भएमा सरकारको ढुकीटीमा रहेको रकम बजारमा प्रवाह भएर तरलता सहज हुन जान्छ । साथै हामीले अनुमान गरेको भन्दा बढी रेमिट्यान्स पनि भित्रिन सक्छ । चुनावको समयमा सिस्टमा नआएको पैसा आउन सक्छ । धितोपत्र बोर्ड र नेप्सेमा नयाँ प्रमुख नियुक्त हुनु भएको छ । उहाँहरुबाट पनि लगानीकर्ताको हितका लागि ठूलो कार्यक्रम पनि घोषणा हुन सक्छ । प्रधानमन्त्री पनि मुलुकको आर्थिक स्थितिबाट चिन्तित हुनु भएको देखिएको छ । अर्थतन्त्र जोगाउँनका लागि मन्त्रीहरु पनि फेरबदल गर्ने सम्भावना छ । यस्ता केही न केही सकारात्मक खबर बजारमा आयो भने वेव थ्रीले गति पकड्न धेरै समय लिँदैन । जसको प्रभाव स्वरुप आश्चर्यजनक रुपमा बजार पुन माथि पुग्नेछ ।

पुँजी बजारको आफ्नै चक्र हुन्छ । बढ्ने चक्रको समयमा नकारात्मक समाचारको प्रभावमा नपरी बजार माथि जान्छ । करेक्सनको समयमा छ भने ठूलो सकारात्मक समाचार आउँदा पनि त्यसलाई वास्ता नगरि बजार निरन्तर रुपमा घटी रहन्छ । जस्तो निर्वाचन होला कि नहोला भन्ने अवस्थाका बीच पनि निर्वाचन घोषणा भयो । निर्वाचन घोषणा भएसँगै बजार बढ्छ भन्नेमा लगानीकर्ताहरु आशावादी थिए । तर बजार घट्यो । यस्तै एमसीसी पास भएमा जलविद्युतको सेयर मूल्य बढ्छ भन्ने पनि धेरैले विश्वास गरेका थिए । तर, जलविद्युतको सेयर घट्न पुग्यो । उक्त समयमा नेप्से करेक्सनको चक्रमा थियो ।

विगतको उदारण हेर्ने हो भने द्वन्द्व कालमा मुलुक गृह युद्धमा होमिएर आर्थिक अवस्था खराब हुँदा पनि बजार बढेको थियो । कोभिडका कारण विश्व के हुने हो भन्ने अवस्थाकै बीच पुँजी बजार ३२ सय अंकसम्म पुगेकै हो । वेव थ्री आउने समयमा राम्रो वा नराम्रो जस्तो समाचार आए पनि बजार बढ्छ । पुँजी बजार सकारात्मक समाचारका साथै आफ्नो बढ्ने जीवन चक्रको पखाईमा छ ।

(नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलाधरसँग हाम्रोअर्थको कुराकानीमा आधारित)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स