काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा ८ गुणा बढीको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको ८ गुणा बढी हो ।
बिहिबार ५ बजेसम्ममा १० लाख ६२ हजार ५७५ आवेदनबाट एक अर्ब २६ करोड रुपैयाँ बराबरको एक करोड २६ लाख १ हजार ५१० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिंगले जनाएको हो ।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा चैत २१ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको थियो ।