‘लगानीकर्ता सकारात्मक हुँदा बजार बढ्यो’

काठमाडौं । पुँजी बजारको घट्दो चालमा लगामा लागेको छ । लगातार घट्दो क्रममा रहेको सेयर बजार आज (बुधबार) बढेको छ । आज नेप्से परिसुचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा आईपुगेको छ ।

गत साताको बुधबारदेखि घट्न थालेको नेप्से परिसुचक यो साताको बुधबारमा आएर थामिएको हो । एक सातामा नेप्से १२३.१२ अंकले घटिसकेको थियो । गत मंगलबार २६५०.७ अंकमा पुगेको नेप्से यो मंगलबार २५२७.५८ अंकसम्म ओर्लिएको थियो ।

गत साताको बुधबार नेप्से परिसुचक २०.३३ अंक र बिहीबार १६.६९ अंकले घटेको थियो । यो साता नेप्से परिसुचक आइतबार ४१.४०, सोमबार ३०.४३ र मंगलबार १४.२५ अंकले घटेको थियो ।

बीमा समितिले बीमा कम्पनीको पुँजी वृद्धि गर्न भन्ने विषय धेरै लगानीकर्तालाई पहिलै थाहा भएकाले पुँजी वृद्धिको घोषणा पछि नाफा बुक गर्नेहरु हावी हुँदा बजार घटेको सेयर लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोला बताउँछन् ।

‘पुँजी वृद्धिको घोषणा भएसँगै सेयर बिक्री गर्ने भन्ने लगानीकर्ताहरुले मनोविज्ञान बनाएका थिए । पुँजी वृद्धिको घोषणा सार्वजनिक भएपछि लगानीकर्ताहरुले सेयर बिक्रीको चाप बढाए,’ बास्तोलाले भने, ‘खरिदको तुलनामा बिक्रीको चाप उच्च हुँदा बजार घट्न पुग्यो ।’ बीमा कम्पनीको सेयरमा बिक्री चाप हुँदा त्यसको प्रभाव स्वरुप समग्रमै बजार घट्न पुगेको बास्तोला बताउँछन् ।

सकारात्मक समाचार आउँदा पनि बजार घट्दा लगानीकर्ताहरु अतालिन पुगे । साथै केही विश्लेशकहरुले सामाजिक सञ्चाल तथा मिडियाको प्रयोग गरेर बजारमा नकारात्मक प्रभाव पार्ने किसिमको सूचनाहरु संप्रेशण गरेको उनको दावी छ । त्यसको असर स्वरुप पुँजी वृद्धिको घोषणा भएको ३ कारोबारसम्म बजार घट्न पुग्यो ।

‘बजारसँगै घटिरहन्छ भन्ने हुँदैन । बजारले आफ्नो चक्र पुरा गरेपछि पुन बढ्छ,’ उनले भने, ‘सो सिद्धान्त अनुरुप आज बजार बढेको हो ।’ बजार केही घटेपछि पुन बाउनस ब्याक हुनु पर्छ । आजको कारोबार हेर्दा पनि लगानीकर्ताहरुमा बजार फर्किन्छ भन्ने मनोविज्ञान विकास भएको देखिन्छ । लगानीकर्ताहरु सकारात्कम देखिँदा बजार बढेको उनको बुझाई छ ।

आजको वृद्धिले लगानीकर्तामा थप आत्मविश्वास पैदा गर्छ र बजारलाई थप बढाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स