बलेफी हाईड्रोपावरले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन

काठमाडौं । बलेफी हाईड्रोपावरले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।

बुधबार ५ बजेसम्ममा ४ लाख ३३ हजार ४७१ आवेदनबाट ५२ करोड २२ लाख ४८ हजार रुपैयाँ बराबरको ५२ लाख २२ हजार ४८० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिंगले जनाएको छ ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको ३.१४ गुणा बढी हुन आउँछ ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा चैत २१ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स