काठमाडौं । नेप्सेमा आरएमडिसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार लघुवित्तको २० लाख ६८ हजार ४४३.८८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्री गर्न सक्ने छन् ।