उपकार लघुवित्तले चैत्र २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । उपकार लघुवित्तले चैत्र २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रति सेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता सेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने ढिलोमा २०७९ वैशाख ९ गते हुनेछ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ । यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स