पुँजी बजारमा देखिएन उत्साह, २ अर्ब पनि पुगेन कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन पुँजी बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । मंगलबार नेप्से १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सूचक जनाउने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर ४७१.९३ विन्दुमा पुगेको छ ।

आज २२५ कम्पनीको सेयर ३१ हजार ४३१ पटक कारोबार भएको छ । ३८ लाख ९० हजार कित्ता सेयर खरिद बिक्री हुादा १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ ।

होटल एण्ड टूरिजम उपसमूह बाहेक सबै उपसमूह घटेका छन् । लाइफ इन्स्योरेन्स उपसमूह सर्वाधिक २१९.६३ अंकले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स