नबिल बैंक सहित ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंक सहित ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

मंगलबार नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त गरि कुल ४ करोड ७७ लाख ८८ हजार २२.८५९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसअनुसार, नबिल बैंकको ३३.६० प्रतिशतले हुन् आउने ४ करोड ६५ लाख १७ हजार ३ सय ५५.८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

एक्सेल डेभलपमेन्ट बैंकको १२ प्रतिशतले हुन आउने ९ लाख ७३ हजार ३ सय ४५.४६९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशतले हुन आउने २ लाख ९७ हजार ३ सय २१.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स