सेयर बजारमा देखिएन उत्साह, पुँजी वृद्धिको स्किमले पनि लगानीकर्तालाई आकर्षित गर्न सकेन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) सोमबार दोहोरो अंकले घटेको छ । एक वर्ष भित्रमा बीमा कम्पनीको पुँजी वृद्धि गर्ने बीमा समितिको निर्णयका बाबजुत सेयर बजारमा निरन्तर गिरावट देखिएको छ । पुँजी वृद्धि गर्नका लागि बीमा कम्पनीहरुले उच्च लाभांश, हकप्रद सेयर र मर्जर गर्नु पर्ने हुन्छ । जसका कारण बीमा कम्पनीको सेयर मूल्य बढ्ने लगानीकर्ताहरुले विश्वास व्यक्त गरेका थिए । तर पुँजी वृद्धि गर्ने निर्णय भएको पहिलो कारोबार दिनदेखि नै सेयर बजारमा उत्साह देखिएको छैन ।

आज नेप्से २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा आईपुगेको छ । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०२ अंकले घटेर ४७४.३७ विन्दुमा आईपुगेको छ ।

आइतबार २३१ कम्पनीको सेयर ४२ हाजर ७१२ पटक कारोबार भएको छ । ४९ लाख ५८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहहरु घटेर राता भएका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स उपसमूह ३४२.०६ अंकले घटेर १४४६३.७४ विन्दुमा आईपुगेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जीङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

७ वटा कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा माथिले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स