कतिमा भयो नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार ?

काठमाडौं । नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । सोमबारको स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको मूल्य तयभएपछि कारोबार सुरु भएको हो ।

कम्पनीको पहिलो कारोबार ७४७.७ रुपैयाँमा भएको छ । नेष्डो लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिसेयर न्यूनतम २६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म रुपैयाँको रेन्ज तोकेको थियो ।

नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य तोक्ने भएको कारण सो रेञ्ज पाउने देखिएको हो ।

आइतबार कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल रहेको छ । सेयर बाँडफाँड गर्न आयोजित कार्यक्रम मै कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको थियो ।

कम्पनीले फागुन ११ देखि फागुन १५ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रिय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आई रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स