देशका विभिन्न स्थानमा बजार सम्बन्धि तालिम हुँदै

काठमाडौ। देशका विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ, संस्थाहरुको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरुमा सेयर बजारसम्बन्धि तालिम आयोजना हुन लागेको हो ।

तालिम धेरैजसो ठाउँमा निःशुल्क आयोजना गरिएको छ भने कतिपय ठाउँमा भने निश्चित निःशुल्क लिएर सेयर बजार सम्बन्धि तालिम संचालन हुन लागेको सेयर सचेतना कार्यक्रम गर्न लागेको हो ।

अभियान अन्तर्गत रुकुम, विराटनगर, धरान, दमक, चितवन, जनकपुर, वीरगञ्ज, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत र धनगढीमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको हो । सो तालिममा तालिमकर्ताको रुपमा सेयर बजारका पुराना तथा अनुभवी लगानीकर्ता एवम् सेयर बजार विश्लेषक सुवास चन्द्र भट्टराई रहनेछन् भने कार्यक्रमलाई स्थानीय संघ संस्थाले सहआयोजना गर्नेछन् ।

सेयर बजार सम्बन्धि सचेतनाको कमी भएकै कारण धेरै लगानीकर्ताहरु सेयर बजारको उच्च विन्दुमा फसेको स्थितिमा यस्ता तालिमले विशेषगरी नयाँ तथा साना लगानीकर्ताहरुलाई सहयोग गर्ने विश्वास आयोजकको छ ।

अभियानको सुरुवात यहि चैत्र १९ गते रुकुमको मुसिकोटमा सेयर बजार सम्बन्धि तालिम संचालन भएसँगै हुँदैछ भने त्यसपछि भक्तपुर, ललितपुर, पोखरा, चितवन लगायतका स्थानमा सेयर बजार सम्बन्धि सचेतना अभियान सुरु हुन लागेको हो ।

पछिले समय देशभर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या दिनानुदिन बढिरहेको छ । झन्डै ५० लाख हाराहारीले डिम्याट खाता खोलिसकेको परिप्रेक्षमा यो तालिम सबैका लागि उपयोगी हुने विश्वास आयोजकको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स