आज ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन, कतिले दिए आवेदन ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि खुल्ला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि चैत्र ८ गते आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार सेयर निष्काशन गरेको हो ।

कम्पनीले ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुटाएको छ । सर्वसाधारणले बाँकी रहेको २८ लाख ७५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । इच्छुक लगानीकर्ताले चैत्र ११ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओमा बिहिबार साँझसम्ममा मागभन्दा ६.७९ गुणा बढीको आवेदन परिसकेको छ । बिहिबार साँझ ५ बजेसम्ममा आईपीओमा १५ लाख ९२ हजार ७ सय ६३ जना आवेदकबाट १ करोड ९५ लाख ३४ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यसअघि कम्पनीले ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई सेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स