सेबोनले दियो दुई कम्पनीको आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न आज बिहीबार अनुमति दिएको हो ।

। रिभर फल्स पावरले पनि ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । सीवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो

रिभर फल्स पावरले आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्वसाधारणको लागि ३४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ७० लाख रुपैयाँ रहेको छ । ३४ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सीवाईसी नेपाल लघुवित्तको चुक्ता पुँजी ८ करोड ८१ लख ८ हजार २०० रुपैयाँ रहेको छ । लघुवित्तले जारी पुँजीको ३२.५० प्रतिशत सेयर निष्काशन पश्चात चुक्ता पुँजी १२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स