श्वेत-गंगा हाइड्रोपावरको ४७ लाख ७९ हजार कित्ता आइपीओ आउँदै

काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको ३० प्रतिशतले हुन आउने रकम ४७ करोड ७९ लाख बराबर सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको ४७ लाख ७९ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई जारी गर्न लागेको हो ।

कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्णदास श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यु खिम्ती सव-स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । निर्माणाधिन श्वेत-गंगा हाइड्रोपावर निर्माणको भौतिक प्रगति करिब ७५ प्रतिशत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स