लगानीकर्तासँग आफू खूशी ब्याज असुल गर्ने सेयर ब्रोकर मल्ल एण्ड मल्ल स्टक कारवाहीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी प्रालिलाई कारवाही गरेको छ । धितोपत्र कारोबार सञ्चालन विपरित कार्य गरेको भनेर सेबोनले मल्ल एण्ड मल्ल स्टकलाई कारवाही गरेको छ । मल्ल एण्ड मल्ल स्टक प्रालिले लगानीकर्तासँग आफू खुशी ब्याज असुल लाई ७५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

मल्ल एण्ड मल्ल स्टकले धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा ९६० बमोजिम ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१) को “ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसंग कारोबार सम्झौता गर्नु पर्नेछ” व्यवस्था र सोही विनियमको उपविनियम (२) को “उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा कारोवार सदस्य र लगानीकर्ता बिचमा लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने” व्यवस्था विपरित सम्झौता नगरी आफु खुशि १३ प्रतिशत देखि १८ प्रतिशत सम्म व्याज असुल उपर गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स