१२ जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । लगानीकर्ताहरुको आकर्षण जलविद्युत (हाइड्रोपावर)को सेयरमा देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १२ वटा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, जोशी हाइड्रोपावर डेभलपर, माउन्टेन इनर्जी नेपाल, पञ्चकन्या माई हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, सीईडीबी हाइड्रोपवार डेभलपमेन्ट कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानी खोला हाइड्रोपावर, नेस्नल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ ।

मंगलबार नेप्से परिसुचक ०.२३ अंकले बढेको छ । २२१ कम्पनीका सेयर १ लाख ६१ हजार ७२१ पटक कारोबार भएको छ । ३० लाख ६१ हजार ३४ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २० करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ, ट्रेडिङ, होटल एण्ड टुरिजम, नन् लाइफ इन्स्योरेन्स, अन्य, लाइफ इन्स्योरेन्स उप समूह घटेको छ । विकास बैंक, जलविद्युत, वित्त, उत्पादन मूलक, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट उप समूह बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स