पुनरकर्जाको ब्याजदरको प्रभाव सेयर बजारमा देखियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार गिरावट देखिएको छ । आज नेप्से २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा ओर्लिएको छ । नेपाल राष्ट्र बैंकले हिजो (मंगलबार) पुनरकर्जा कार्यविधि चौथो पटक संशोधन गरेर पुनरकर्जाको ब्याजदर २ प्रतिशत विन्दुले बढाएको थियो ।

सेन्सेटिभ इन्डेक्स पनि ४.२२ अंकले घटेर ४९५.११ विन्दुमा पुगेको छ ।

आज २२६ कम्पनीको सेयर २९ हजार ६७८ पटक कारोबार भएको छ । ३९ लाख ८५ हजार सेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबार साताको चौथो दिन २ उपसमूह बाहेक सबै उपसमूह घटेर राता भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स