नेप्से परिसूचक घटेर ०.६६ अंकमा, १५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ०.६६ अंकले घटेर ३१५९.४२ विन्दुमा सीमित भएको छ ।

त्यस्तै ३ करोड ६ लाखको कित्ता सेयर १८ अर्ब २ करोडमा खरिद बिक्रि भएको छ ।

यो दिन ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०० वटा कम्पनीको ओरालो लागेको छ ।

यो दिनको कारोबारमा १५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा दिव्यश्वरी हाइड्रोपावर, जोशी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, हिमाल दोखला हाइड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्युत् परियोजना, आँखुखोला जलविद्युत् कम्पनी, गोर्खाज फाइनान्स, अरुण काबेली पावर, सीइडीबी हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स, जीवन विकास लघुवित्त, नेशनल हाइड्रोपावरलगायतका कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स