नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार प्राइम लाईफ इन्स्योरेन्स, वोमी लघुवित्त, नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत हुन आउने ३६ लाख २५ हजार ५८५.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

वोमी लघुवित्तको २० प्रतिशत हन आउने ८ लाख २३ हजार ८८८ .८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेपाल एसबिआई बैंक लिमिटेडको ३.५० प्रतिशतले हुन आउने ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, पोखरा फाइनान्सको ८.७५ प्रतिशतले हुन आउने ७ लाख ७७ हजार ७४०.२३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स