१८ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचकमा सूधार देखिएको छ । सोमबार नेप्से १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १.८८ अंकले बढेर ४९६.२६ विन्दुमा पुगेको छ ।

आज २३१ कम्पनीको सेयर ३७ हजार ९३९ पटक कारोबार भएको छ । ५१ लाख ८९ हजार ८३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।

अन्य र होटल एण्ड टुरिजम उपसमूह बाहेक सबै उपसमूह बढेर हरियो भएका छन् । इमर्जीङ नेपालको सेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स