नेप्सेमा नेपाल लाइफ इन्स्योन्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा नेपाल लाइफ इन्स्योन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीको १४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १२३७ रुपैयाँ कायम भएकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १०८५.०९ रुपैयाँ कायम भएको छ ।

चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०. ७३६८ प्रतिशत नगद रहेको छ।

साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत २१ गते होटल भिस्वा, वीरगंजमा वार्षिक साधारण सभा डाकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स