नेप्सेमा नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर समायोजन भएको हो ।

यसपछि कम्पनीको सेयर प्रति कित्ता १ हजार ४३ रुपैयाँ ४८ पैसा कायम भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रति कित्ता १२ सयमा कारोबार भएको थियो ।

कम्पनीले चैत्र ९ गते बुधबार आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट .हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।

फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स