हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ ।

संस्थाको २८ औं वार्षिक साधारणसभाले सभाले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र र नियमावलीमा संसोधन पारित गरेको छ ।

चालु वर्षको बोनस समेत गरी हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड पुगेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको थियो । यस आधारमा फागुन १५ गते सम्म कायम सेयरधनीले लाभांश पाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स