प्रि-ओपन सेसनमा जाल्पा लघुवित्तको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । सोमबार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार सुरु भएको छ । प्रि-ओपन सेसनमा कम्पनीको सेयर प्रति कित्ता ३१८ रुपैयाँ ६० मा पहिलो कारोबार सुरु भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

कम्पनीको (JALPA) सिम्बलबाट कारोबार सुरु भएको हो ।

लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स