ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि चैत्र ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि चैत्र ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुटाएको छ । सर्वसाधारणले बाँकी रहेको २८ लाख ७५ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । इच्छुक लगानीकर्ताले चैत्र ११ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यसअघि कम्पनीले ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई सेयर निष्काशन गरेको थियो ।

निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स