काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ ।
आइतबार कम्पनीको बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले १० प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरि कुल १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।