सेयर बजारमा सामान्य वृद्धि, नेप्से परिसूचक बढेर ५.७२ अंकमा

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य वृद्धि देखिएको छ ।सोमबार नेप्से परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमा सीमित भएको छ ।

त्यस्तै २ करोड ८६ लाखको कित्ता सेयर १५ अर्ब ९३ करोडमा खरीद बिक्रि भएको छ ।

आज ८८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि ५ वटा कम्पनीको सेयर कारोबारमा १० प्रतिशतको सकरात्मक सर्किट देखिएको छ । जसमा जीवन विकास लघुपिव्रत्त , रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स