शतकले बढ्यो नेप्से, कारोबार रकम पनि सुधार उन्मुख

काठमाडौं । साताको पहिलो दिन नेप्से शतक अंकले बढेको छ । आइतबार नेप्से १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा पुगेको छ ।

आज २२८ कम्पनीको सेयर ६४ हजार ६३५ पटक कारोबार भएको छ । ९० लाख २२ हजार ८९० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १३ वटै उपसमूह बढेका छन् । लाइफ इन्स्यारेन्स उपसमूह ९२२.१६ अंकले बढेको छ ।
५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स