कतिमा भयो राष्ट्र उत्थान लघुवित्तको प्रि ओपन सेसनमा पहिलो सेयर कारोबार ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको प्रि ओपन सेसनमा पहिलो सेयर कारोबार भएको छ ।

आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रति कित्ता ५०२ रुपैयाँमा पहिलो कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँसम्मको रेन्ज तोकेको थियो ।

बिहिबार कम्पनीको २६ लाख कित्ता सेयर सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

कम्पनीको (RULB) सिम्बलबाट कारोबार सुरु भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स