नेपालको सेयर बजार अहिले प्रमाणिक तरिकाले चलेको देखिदैन। सामाजिक संजालदेखि विभिन्न पत्र पत्रिकामा गलत सूचना प्रवाह गरेर आम लगानीकर्ताको मनोविज्ञानसँगग खेलवाड गर्ने गरेको पाइन्छ। हामीले प्राय सेयर अपरेटरको बारेमा सुन्दछौं या कुरा गर्दछौं। हामीलाई लस हुँदा प्राय अपरेटरको गेम हो भनेर दोष जति उसलाई थुपारेर आफू दोषमुक्त हुन खोज्दछौं।
हो यो कुरा ठिक हो कि बजारमा अपरेटर हुन्छ र उसले धेरै हद सम्म अवास्तविक तरिकाले मूल्य मात्र हैन बजारलाई नै तल माथि पार्दछ तर पुरा का पुरा बजार नै उसैको कब्जामा छ भन्नु चाहिं अलि अतिसयोक्ति हुने छ । यदि तपाईं बजारबाट पैसा कमाउन चाहनुहुन्छ भने यो बजार को पर्दा पछाडिको खेल बुज्न जरुरि छ।
प्राय हामी फुटवल या क्रिकेट को म्याच हेर्ने गर्दछौं, दुवै तर्फ़ उतिकै तगडा र चर्चित खेलाडी छन् तर के यो ग्यारेन्टी गर्न सकिन्छ कि यो म्याच कुन टिम ले जित्नेछ रु या के उक्त म्याच एक प्रमाणिक तरिकाले मात्र चलिरहेको छ फिक्सिंग भएको छैन रु हो केहि म्याच प्रमाणिक तरिकाले चल्छन तर सबै म्याच प्रमाणिक नै हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन।
जहाँ पैसा हुन्छ त्यहाँ बेइमानीपनि साथै हुने गर्दछ। ःयलभथ क्ष्क ीष्पभ क्ष्त, फोहरमा झिंगा भन्किन्छ भने जस्तै जहाँपनि पैसा हुन्छ त्यहाँ केहि बेइमान स्वभावका मानिसले त्यो हत्याउन गलत सहि प्रयास गर्दछन नै। त्यसैले बजारमा यस्तो हुन्छ भनेर हामी सर्प्राइज हुन जरुरि छैन।
आखिर यो फुटवल या क्रिकेट को टिमलाई कसले कन्ट्रोल गरिरहेको छ रु यसमा कर्पोरेट स्पोन्सर हुन्छ , टिमको अनर या क्याप्टेन हुन्छ र बुकिज या जित हारको बाजी लगाउने सिन्डिकेट हुन्छ अनि जब हामी म्याच हेरिरहेका हुन्छौं उक्त समय हामीलाई यो अन्दाज समेत हुँदैन कि यसको रिजल्ट पहिले नै फिक्स भैसकेको छ र हामी चाहिं बेबकुफ बनेर कहिले ताली त कहिले गालीमा ब्यस्त रहन्छौं । म पहिले रेस्लिङ नामक एक खेल हेर्ने गर्थें, हामी मध्ये धेरै ले हेर्नु भएकै होला।
उक्त गेम धेरै समय लगातार हेरेपछि मात्र मलाई एक आइडिया भयो कि अहो जसरि यो गेममा हरेक स्टेप रिहर्सल गराएर एक फिल्ममा झैं खेलाइन्छ, त्यसरी नै हाम्रो सेयर बजारमा पनि त्यस्तै त भै रहेको छैन रु फुटवल , क्रिकेट या रेस्लिङ्ग जस्तै यो सेयर बजारपनि एक खेल हो। यहाँ पनि वन डे टेस्ट , सेमी फाइनल र फाइनल खेल हुन्छ। अब प्रश्न आउँछ यो बजार को गेमलाई कसले चलाउँछ रु यसको मुख्य खेलाडी को हुन् रु जसले यो बजारलाई कन्ट्रोल गर्न चाहन्छ र सक्दछ पनि।
१ ० संस्था स् यसमा म्युचुअल फण्ड , ठूला ब्रोकर आदि पर्दछन।
२ ० प्रमोटर स् जुन जुन कम्पनिको सेयर कारोबार भईरहेको छ। तिनै कम्पनिको मुख्य मालिक या साझेदार आदि।
३ ० बजार अपरेटर स् यो अपरेटर कुनै एक व्यक्ति या एक समूह हैन। यिनीहरु विभिन्न ठुला लगानीकर्ता बाट संचालित भएर पनि धेरै स सानो समूहमा रहेका हुन्छन। हामी कहाँ ५र६ हजार जना सम्मको एक ग्रुप पनि देखिन्छ। यो समूहले व्यक्तिगत या सामुहिक रुपमा कार्य गर्दछ। ठुला खेलाडीको निर्देशनमा कुनै सेयरलाई माथि लान या तल झार्न यस्ता समुहले ठूलो भूमिका खेल्दछ।
४ ० मनि लाउन्डरस्
यो एक यस्तो व्यक्ति हरुको समूह हो जो संग प्रयाप्त मात्रामा कालो धन छ। नेता, सरकारी कर्मचारी, ठूला व्यापारी जसले सेयर बजारमा लगानी गरि आफ्नो कालो धन लाई सेतो बनाउँदछ । यी चारै खेलाडी को खेल बुझ्नु अगाडी केहि अन्य चिज बुझ्न जरुरि छ। हामीले कुनै पनि खेल खेल्दा २ तरिकाले जित्ने कोशिस गर्दछौं।
क) रणनीति पूर्वक स् तपाई एक यस्तो तरिकाले खेल्ने कि तपाईंको अपोजित टिम ले यो बुझ्नै नसकोस कि तपाई के गर्दै हुनुहुन्छ । आफ्नो प्रत्येक चाललाई पहिले नै प्लान गर्नु एक रणनीति हो। जस्तै स् क्रिकेट म्याचमा एक बलर ले १ ओभरको पहिलो ५ बल मेदियम पेस मा फाल्यो तब ब्याट्स मेन यो सोच्न थाल्छ कि अब लास्ट बलपनि त्यसै प्रकारको आउदछ तर लास्ट बल योरकर या स्पिनमा आए उक्त ब्याट्स मेन आउट भई अचम्भित हुने छ कि अरे यो के भो रु यो भयो एक रणनीति।
ख ) धोखाघडी पूर्वक स् मानौं एक बलर ले बललाई प्याम्पार्ड गर्दै बलिङ गर्न थाल्यो या शरीरको माथिल्लो भागलाई निसाना बनाउदै बलिङ्ग गर्न थाल्यो भने त्यो धोखाघडी भयो।
रणनीति र धोखाघडीमा के फरक छ यो बुझ्न जरुरि छ। रणनीति ९९५ लिगल हुन्छ र त्यसबाट कसैलाई समस्या हुँदैन भने धोखाघडी ९९ ५ इलिगल हुन्छ।
अब रणनीति पूर्वक हामीलाई कसरी बेबकुफ बनाइन्छ केहि उदाहरण दिन चाहन्छु।
अ ) हामी प्राय सपोर्ट र रेजिस्टेंस यति यतिमा छ भनेर हेर्दछौं। हामी मध्ये धेरै यो मान्दछौं कि एक स्टकको मूल्य त्यसको रेजिस्टेंस तोडेर माथि गए उक्त स्टकको मूल्य अझ माथि जाने सम्भावना बढेर जान्छ। हामी चार्ट हेर्दछौं र जसै रेजिस्टेंस ब्रेक भयो हतारिएर सेयर खरिद गर्न थाल्दछौं तर बजार का प्राय ठूला खेलाडी यसको ठिक उल्टो गर्दछन्।
तिनलाई थाहा छ कि सबै सोझा लगानीकर्ता चार्ट हेरेर बसेका छन र जसै रेजिस्टेंस ब्रेक हुन्छ खरिद गर्न मरिहत्य गर्नेछन्।
त्यसैले जहाँ खरिद चाप आउन थाल्यो ठूला खेलाडीले यो मौकाको फाइदा उठाइ ठूलो परिमाणमा बिक्रि गरी बाहिर निस्कनछन। ठूलो परिमाणमा बिक्रि हुँदा फेरी मूल्य तल झर्दछ। अनि हामी टाउकोमा हात राखी यो सोच्न बाध्य हुन्छौं कि मैले त्यत्रो चार्ट अध्यन गरें, पुरा टेक्निकल एनालाइसिस गरें, सब ले बाई कल दिएको थियो तर यो के भयो रु यो हो ठूलाको रणनीति।
आ ) हामी मध्ये कयौं अझै पनि यस्ता छौं जो केवल मार्केट डेप्थमा खरिद बिक्रिको चाप हेरेर टोटल खरिद कर्ता कति छन् , टोटल बिक्रि कर्ता कति छन् भन्ने आधारमा मात्र खरिद बिक्रि गर्दछौं तर यो खरिदकर्ता को चाप या बिक्रिकर्ता को चाप केवल हामीलाई देखाउन का लागि मात्र हो भन्ने बुझ्दैनौं। अझ कयौं त आजको खरिद बिक्रि चाप हेरी भोलिको रणनीति समेत तयार गर्दछन।
इ) हामी अध्ययन गर्न चाहदैनौं , मेहनत गर्न चाहदैनौं , चाहन्छौं त केवल पैसा त्यसैले हामीलाई फसाउन धेरै सजिलो छ। ठूला लगानीकर्ता ले कहिले बजार घटेर यति तल सम्म आउँछ भनेर एक संख्या तोकेकै भर मा या विभिन्न सामाजिक संजाल मा बजार अपरेटरलाई हल्ला चलाउन लगाएर ,विभिन्न न्युज पोर्टलमा विभिन्न किसिम का अफवाह हरु फैलाएर या इनसाइडर न्युज को नाममा हाम्रो मनोविज्ञान संग खेलेको कहिले थाहा पाउने हो रु