कुन बैंकले कति दिए सहुलियतपूर्ण कर्जा ? (सूची सहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आवको पहिलो ७ महिनासम्म २ खर्ब ५० अर्ब १४ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाले १ लाख ४२ हजार ३४४ ऋणीलाई उक्त रकम बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको २ खर्ब ५० अर्ब १४ करोड रुपैयाँ बराबरको कर्जा राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको २ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ बराबरको कर्जा राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ ।

सहुलियतपूर्ण कर्जा ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५, (तेस्रो संशोधन सहित) पछि माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थातर्फ कृषि विकास बैंकले सबैभन्दा बढी कर्जा दिएको छ भने सहुलियतकर्जा शीर्षकतर्फ व्यवसायिक कृषि तथा पशुपंक्षी शिर्षकमा सबैभन्दा बढी कर्जा गएको छ ।

कृषि विकास बैंकले चालु आवको माघमसान्तसम्म २६ अर्ब २६ करोड ८५ लाख रुपैयाँको सहुलियत कर्जा दिन पाउनेमा २३ अर्ब ३७ करोड ३७ लाख कर्जा प्रदान गरेको छ । बैंकले १४ हजार ९७२ उद्यमीलाई सो कर्जा प्रदान गरेको हो ।

यो शिर्षकमा ५८ हजार २ सय ६९ जना ग्राहकको कुल १ खर्ब ५८ अर्ब ७७ करोड ३८ लाख ९७ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । सोकर्जामध्ये ५ हजार ९ सय ५० जना ग्राहकको ३ अर्ब २९ करोड २१ लाख १९ हजार रुपैयाँ बराबरको कर्जा बिना धितो स्वीकृत भएको छ भने ५२ हजार ३ सय १९ जना ग्राहकको १ खर्ब ५५ अर्ब ४८ करोड १७ लाख ७८ हजार कर्जा धितो राखेर स्वीकृति भएको छ ।

महिला उद्यमशिलता कर्जातर्फ ८१ हजार २ सय २७ जनाको लागि ८५ अर्ब ९९ करोड ३५ लाख ९६ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत ११ सय ७ जनाले ७६ करोड ६० लाख ७६ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत गराएका छन् ।

विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ९ सय ५७ जनाको लागि ७८ करोड ४७ लाख ४० हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ । कपडा उद्योग संचालनको लागि २५० जनाको लागि ३ अर्ब ६२ करोड ६३ लाख २६ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ ।

शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत १ सय ५१ जनाको लागि ७ करोड ९० लाख ६१ हजार कर्जा स्वीकृत भएको छ । उच्च र प्राविधिक तथा ब्यबसायिक शिक्षा अन्तर्गत १४० जनाको लागि ४ करोड ७४ लाख २६ हजार बराबरको कर्जा स्वीकृत भएको छ ।

भूकम्पपिडितहरुको निजि आवास निर्माण कर्जा अन्तर्गत २ सय १८ जनाको लागि ६ करोड ३८ लाख २३ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ ।

२ जनाको लागि प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम शिर्षकको ४ लाख रुपैयाँको कर्जा र युवा वर्ग स्वरोजगर कर्जा शिर्षकमा ९ लाख १ हजार रुपैयाँ बराबरको सहुलियत कर्जा स्वीकृत गरेको छ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा २ प्रतिशत ब्याज थपेर सहुलियत कर्जा प्रदान गर्ने गरेका छन् । व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रूपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रूपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रूपैयाँसम्म, महिला उद्यमशील कर्जा १५ लाख रूपैयाँसम्म दिन पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रूपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५लाख रूपैयाँसम्म, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा ३ लाख रूपैयाँसम्म, कपडा उद्योग सञ्चालनको लागि ५ करोड सम्म, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि २ लाख सम्म लिन सकिने व्यवस्था कार्यविधिले गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स