नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको सेयर सूचीकृत

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राष्ट्र उत्थान लघुवित्तको सेयर सूचीकृत भएको छ ।

कम्पनीको २६ लाख कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँसम्मको ओपनिंग रेन्ज प्रदान गरेको छ ।

कम्पनीको (RUBL) सिम्बलबाट कारोबार हुनेछ ।

सेयर सूचीकृत भएसँगै आगामी आइतबारदेखि कम्पनीको सेयर कारोबार हुने छ ।

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स