काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत बुधबार पत्रकार सम्मेलनमा पुँजी बजारमा देखिएको समस्या समाधान गर्ने र सर्वसाधारण लगानीकर्ताको पुँजी संरक्षण गर्नका लागि अध्ययन अघि बढाइएको जानकारी दिएका थिए । साथै अर्थमन्त्रीले पुँजी विस्तारका लागि आवश्यक पर्ने औजारहरु न्यून प्रयोग भएको विषयमा आफू जानकार रहेको बताएका थिए ।
अर्थमन्त्रीले फागुन ६ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई स्वागत गर्न आयोजित कार्यक्रममा कसैको प्रभावमा नपरी स्वतन्त्र रुपमा काम गर्न आग्रह गरेका थिए ।
सेबोन अध्यक्षका रुपमा हमालले पदभार समाल्ने क्रममा साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । हमालले पनि साना लगानीकर्ताको संरक्षण बिना पुँजी बजार दीगो नहुने टिप्पणी गरेका थिए ।
नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले गत शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पुँजी बजार सम्बन्धी कार्यक्रममा नीतिगततर्फ नयाँ औजार प्रयोग गरेर जाने बताएका थिए । यसका लागि नेप्सेको ऐन नै संशोधन गर्नु परे आफू तयार रहेको बताएका थिए ।
मुलुकमा स्थानीय तहको निर्वाचन मिती घोषणा भइसकेको छ । अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै । नेपालमा सेयर कारोबार गर्नका लागि डिम्याट खाता खोल्नेको संख्या ५० लाखभन्दा धेरै भइसकेको छ । आईपीओ भर्ने २६ लाखभन्दा बढी छन् । दोस्रो बजारमा सेयर कारोबार गर्नेको संख्या ११ लाख भन्दा धेरै छ । उक्त मतलाई आकर्षित गर्ने योजनामा अर्थमन्त्री रहेका देखिन्छन् । यसका लागि निर्वाचन अघि के कसरी हुन्छ पुँजी बजार बढाउने योजनामा अर्थमन्त्री देखिन्छन् । यसका लागि उनी सहभागी मन्त्रिपरिषद्ले नियुक्त गरेको सेबोन र नेप्से प्रमुखलाई उनले निर्देशन दिँदै आइरहेका छन् ।
साथै, अर्थमन्त्री शर्माले फागुन १८ गते सेबोन र नेप्से प्रमुखलाई ११ बुँदे निर्देशन नै जारी गरिसकेका छन् ।
चुनाव अघि सेयर बजारमा दीर्घकालीन प्रभाव पर्ने किसिमको नीतिगत व्यवस्था गर्न नसकिए लगानीकर्ताको मत आकर्षित गर्न सकिने अर्थमन्त्रीले मेसो पाएको जस्तो देखिन्छ ।
यसका लागि सेबोन र नेप्से प्रमुखबाट उनले सहयोग खोजि रहेका छन् । उनीहरुले पनि सेयर बजारका विषयमा सकारात्मक अभिव्यक्ती तथा बाचा गर्दै अघि बढेका छन् ।
सुरुवाती दिनमा पुँजी बजार विकासका लागि अर्थमन्त्रीले खासै रुची देखाएका थिएन् । तर, अहिले निर्वाचनको मिती नजिकियसँगै पुँजी बजारका सम्बन्धमा अर्थमन्त्रीले चासो दिन थालेको उनको नेतृत्वमा आयोजना भएको केही कार्यक्रमले पनि जनाउँछ ।
पछिल्लो समय रुस र यूक्रेनबीच द्वन्द्व छेडिएसँगै विश्व अर्थतन्त्रमा मन्दीको संकेत देखिएको छ । प्राकृति इन्धनका दुई ठूला राष्ट्र बीचका द्वन्द्वले पेट्रोलिय पर्दाथको मूल्य निरन्तर बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको सुरुवत देखि नै नेपालमा लगानी योग्य पुँजीको अभाव सिर्जना भइरहेको छ । यो अवस्था अहिले पनि जारी छ । बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी योग्य पुँजी (तरलता)को अभावसँग जुझि रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप बढाउनका लागि महिनै पिच्छे ब्याजदर वृद्धि गरिरहेका छन् । यसको प्रभाव स्वरुप पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्दो क्रममा छ ।