नेष्डो समृद्द लघुवित्तको आईपीओ भोलि दिउँसो १ बजे बाँडफाँड हुने

काठमाडौं । नेष्डो समृद्द लघुवित्तको आईपीओ भोलि (मंगलबार) बाँडफाँड हुने भएको छ । भोलि दिउँसो १ बजे येलो पेगोडा होटेल जमलमा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम दिन बेलुका ५ बजेसम्म २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ । जुन माग गरेको भन्दा ३८.८७ गुणा बढी हो ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

माग भन्दा बढीको आवेदन परेकोले यो आईपीओ पनि बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ । जस अनुसार ७७ हजार ४ सय ५६ जनाले मात्र सेयर पाउने छन् । आवेदन दिनेमध्ये २५ लाख बढीले सेयर पाउँने छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स