लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक सेयर फागुन २३ गतेदेखि बिक्रीमा ल्याएको छ ।

कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता सेयर कम्पनीले चैत १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो ।

कम्पनीले सो सेयरको न्यूतम मूल्य २५० रुपैयाँ तोकेको छ ।

इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति वा संघसंस्थाले चैत १४ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी, नक्साल काठमाडौंमा सम्पर्क गरी सो सेयर खरिद गर्न सक्नेछन् ।

सो अनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिदको माग गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स