समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने

काठमाडौं । समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले २ लाख ८९ हजार ४ सय ४० कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आरविवि मर्चेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा चयन गरेको छ ।

सम्झौता पत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स