आज सेयर मूल्य बढेका कम्पनी यस्ता छन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) साताको पहिलो दिन ३.६६ अंकले घटेर २,६४३.३९७० विन्दुमा स्थिर रहेको छ ।

आइतवार २३० कम्पनीहरुको सेयर ४५ हजार ६२२ पटक कारोबार भएको छ । ५१ लाख ३९ हजार २३९ कित्ता सेयर खरिदबिक्री भई २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको सेयर मूल्य घटेको छ ।

मैंलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सवभन्दा बढी ७.८० प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीकोे प्रति कित्ता सेयर मूल्य ६१५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६६३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

समलिंङ पावर कम्पनीको सेयर मूल्य ४.४८ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ६७० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७०० रुपैयाँमा कारोबार भएको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्यमा सवभन्दा कम ०.०२ प्रतिशतले बढेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ५४९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५५० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स