नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

योसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १०२० रुपैयाँ थियो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स