नेष्डो समृद्ध लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबारसम्म बाँडफाँड हुने जनाएको हो ।

लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता सेयरको लागि आवेदन परेको छ ।

माग भन्दाबढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै सेयर पाउनेछन् ।

संस्थाले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको हो। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो ।

लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी २५ करोड ५० लाख पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स