इनसाइडर ट्रेडिङ गर्नेलाई कारबाही हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले इनसाइडर ट्रेडिङ गर्नेलाईलाई कारबाही गर्ने बताएका छन् । अर्थमन्त्री शर्माले आज (बुधबार) आयोजित पुँजी बजारका सम्बन्धमा सम्बोधन गर्दै इनसाइडर ट्रेडिङ गर्नेलाई कारबाही गरिने बताए ।

विभिन्न समयमा इनसाइडर ट्रेडिङका घटनाहरु भेटिएका छन् । यस विषयमा छानबिन कमिटिले बनाएको प्रतिवेदन प्राप्त भएको उनले जानकारी दिए । उक्त प्रतिवेदनका आधारमा इनसाइडर ट्रेडिङ गर्नेलाई कारबाही गर्ने पनि उनले प्रतिवद्धता जाहेर गरे ।

‘इनसाइडर ट्रेडिङ गर्ने एउटा व्यक्तिलाई मात्र कारबाही गर्ने कुरा मात्र हैन । यस्तो खालको घटना तथा प्रवित्ती पुन दोहोरिन नदिन पनि आवश्यक छ,’ उनले भने, ‘यसका लागि कारबाही सुरुवात मात्र हो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स